Daily Archives: March 6, 2014

जगेडा + बखेडा

जगेडाः धनधान्य, ज्ञान, शिप, बुद्धि आदिलाई जोगाएर राख्नु । (समाज स्वच्छ हुने ।)
बखेडाः धनधान्य, ज्ञान, शिप, बुद्धि आदिलाई अल्मलाएर राख्नु । (समाज दुषित हुने ।)
(जगेडा + बखेडा = झगडा)

Advertisements

हेर बिजोग ।

बुढेसकालमा अढेस लाउने ठाउँ बनाउन हैन कति गार्हो हो? थोपा थोपा मिलाएर कदापी समुन्द्र नबन्ने भो गाँठे । समस्याका उच्चतम तापक्रमले थोपा थोपा सुकेर गो, अघि भर्खरै कालो कुकुरले खुट्टैमा मुतेर गो । हेर बिजोग ।

शुभकामना ।

“गए है, अब आउँदिन” भन्नेहरू आँखाले माया गर्नेहरू हुन् । “गए है, फेरी फर्केर आउँछु” भन्नेहरू मनले माया गर्ने हुन् । “म जान्न, गए पनि संगै जान्छु” भन्नेहरू आत्माले माया गर्नेहरू हुन् । यो भाले मन र पोथी मन बिचको दुरीमा कहिल्यै खाडल नहोस् तथा कहिल्यै बादल नलागोस भन्ने सप्रेम कामना सहित प्रेम दिबसको शुभकामना ।

रिक्तता ।

रिक्तता र तिक्तताले भरिएको मन माजो लागेको चंगाको धागो जस्तै हो, काट्ने र कटाउने काम मात्र गर्छ ।

ठेउवा ।

म सानो छँदा, हामी यो चरालाई ठेउवा भन्थेउँ । गाउँ भरि थुप्रै नै संख्यामा देख्न सकिन्थ्यो । हिजो आज यो चरा संभवत देख्न सकिदैन । यो हाम्रो गाउँघरबाट लोप हुँदै गएको अवश्य हो । यो चरा दिनप्रतिदिन लोप हुँदै गएको किन होला? अनुसन्धानविद्हरूले केलाउन जरूरी छ । तर कस्ले गर्ने खै? (धेरै बर्षमा यहाँ मरूभूमिमा यो चरा देख्न पाउँदा खुशी लागेको सन्दर्भमा ।)

जय शम्भो ।

“महाशिवरात्रीको पावन अवसरमा सबैमा शुभकामना ।”
आजको शुभ दिनमा नै यो धरा-धाम जगतमा मानव-जाती ऐक्यीकरण गर्ने उद्देश्य हेतु व्यवहारिकता प्रदान गर्न महा-सम्भूति सदाशिव भगवानले ‘प्रथम अंतर्जातीय विवाह’ गरेर उदाहरण प्रस्तुत गर्नु भै मानव-जातीलाइ धन्य गरेको थियो l भगवान शिवले आर्य कन्या गौरवर्णा पार्वतीसंग विधिवत प्रथम विवाह (पहिले विवाह-प्रथा थिएन) गरेर विखंडित मानव-समाजमा एकताको सूत्रपात गरेको थियो जहाँ मातृगत कुल व्यवस्था तथा पितृगत कुल व्यवस्थालाइ अघि बढाउने काम भएको थियो जसलाइ शैव-विवाह भनियो जहाँ जाती-कुल आदिको बिचार गरिदैन थियो । (जय शम्भो ।)

आजभोली ।

आजभोली किन किन अत्यास लाग्छ, सानी देखि खुर्सानीसम्म प्यास लाग्छ ।
मर्याकमुरूक निचोरेर टोकुँ टोकुँ लाग्छ, एक्सपाइर्ड र युज्ड भए पनि बोकुँ बोकुँ लाग्छ ।
(सैनिक दिवसको शुभकामना ।)

दिलशोभा दिदीको सन्दर्भमा ।

आर्थिक अपचलन तथा हिसाब फरफारक हुन सक्ला, कानुनी रूपमा संस्था व्यवस्थित रूपले नचलाइएको होला, व्यवस्थापकिय भार कम्ती गर्न अनाथ बच्चाहरू अन्तै कामकाजीमा पठाएको पनि हुन सक्ला तर एउटा नारी माथी नारी मर्यादा उलङ्घन गरेको महाआरोप लगाएर सामाजिक मानहानी र साखः गिराउने काम गर्नेलाइ हाम्रो कानूनको किताबमा के सजाँय रछ कुन्नी? हाम्रो समाज अझै पनि सदियौं पछाडी रहेछ भन्ने कुरा यो घटनाले छर्लङ पारेको छ । हाम्रो समाजमा नारी समुदायको अझै अभ्युदय भएको छैन भन्ने ठोस प्रमाण यो घटनाले पेश गरेको छ । एउटा निष्कलंक नारीलाई यौनिकताको आरोपित विषयमा घोलेर तल झार्नु, पछाडीबाट छुरा घोपेर नामर्दिय ढङ्गले मान्छे मार्नु जस्तै हो । (दिलशोभा दिदीको सन्दर्भमा फेसबुकमा पढिएका कमेन्टहरूका आधारमा ।)

तामाङ भाषामा ।

तामाङ भाषामा “खालाङ निलाबा?” भनेको “कहाँ जान लागेको?” भन्ने हो । उत्तरमा “यान्बु रि निलाबा” “काठमाण्डु शहर जान लागेको” भन्ने प्रतिक्रिया आउँछ । तामाङ भाषामा प्रयोग भएको याम्बु वा यान्बु कतै साउदी अरबको प्रख्यात शहर यान्बु त हैन? गुगल गरेको, चीनमा पनि यान्बु नाम गरेको अर्को शहर विद्यमान रहेछ, यस अर्थमा चीन तिरबाट यो शब्दावली तामाङ भाषामा छिरेको हुन सक्छ, गौण गर्न लायक ।

कठै हामी ।

पाकिस्तानमा स्वचालित हतियारहरू ठेलगाडामा तरकारी बेचे जस्तै बेचिन्छ रे, एकजना पाकिस्तानी साथीले भनेको । देशमा संविधान र बिजुली बत्तीको कहिल्यै टुङ्गो नलाग्ने समस्या उसलाइ भने, तालिबान भित्रिनु पर्छ सबै ठीक हुन्छ भन्थ्यो बज्याले । कठै हामी ।