Author Archives: Ram Tamang

न्यास्रो ।

न्यास्रो लाग्यो जिन्दगीमा विदेशिएर तिमी जाँदा

मन मेरो बेचैन भयो तिम्रो यादमा रूँदा ।

 

गैर्हीखेतको धानका बाला तिम्रै याद गर्छन् ।

पाखाबारीका फापर पनि तिम्रै बाटो हेर्छन् ।

तिम्रै बाटो हेरेर म सधैं कुरी बस्छु।

दुःखलाई बिर्सेर तिम्रै झल्कोमा पस्छु ।

 

कुटमेरोको बुटाले पनि तिम्रै कुरा गर्छन् ।

लैनोगाईले कहाँ छ भनी तिम्रै बारे सोध्छन् ।

मन मेरो बहलाउने कुनै उपाय छैन ।

गार्हो भयो तिमी बिना समय बिताउन ।

 

स्थानः आनन्दगृह, हेटौंडा, नेपाल (२००८)

Advertisements

दिव्य आगमन ।

भान्छा भित्र धुँवा भए त के भो
चूल्हो बल्छ भने सधै उज्यालो ।
आँखा मिच्दैमा मिल्दैन  भन्न रूवायो
चेतनाले जवाफ दिन्छ गतिलो ।

एकजुटमै छ हाम्रो भविष्य
धैर्यताले गर्छ काम तमाम ।
प्रतिष्ठित हरेक पल सुनौलो
प्राकृतिक विजय हाम्रो उद्गम ।

आधुनिक त्यागी विचारधारा
संवेदनशिल हाम्रो भाव जागरण ।
सृजनशिल दुरगामी प्रदर्शन
विजयपथमा दिव्य आगमन ।

– मुसलधारे
स्थानः फुजैराह, संयुक्त अरब ईमारात (जनवरी, २०१३)
http://www.musaldhare.com

मझधारमा ।

 

मझधारमा गीत गाउँदा
परेली पो चल्बलाएछ ।
तिम्रो न्यानो साथ पाउँदा
जुनेली रातले गिज्याएछ ।

फूल जस्तै तिम्रो रूपले
आकर्षित गरिरहेको छ ।
नशालु तिम्रो मुस्कानले
यो मन खल्बलीरहेको छ ।

निष्फिक्री घुम्न थाले
तिम्रो असीम प्यारमा
चुमे तिमीलाई भित्रैदेखि
यो बसन्त बहारमा ।

 

स्थानः आनन्दगृह, हेटौंडा, नेपाल (२००८)

विश्वबासी ।

gdee
पासपोर्ट बिनाको संसार
रहिदिएको भए कस्तो हुन्थ्यो ।
हामी सबै विश्वबासी
भैदिएको भए कस्तो हुन्थ्यो ।

 

सारा देशहरू बिच सीमा मेटाएर
सम्प्रदायिक धर्महरू ढिक्का भएर,
जातीय, वर्गीय कुण्ठित मनहरू
हाँसीखुशी रहन चाहने तनहरू,
आपसी मेलमिलापमा बाँच्दै
शत्रुताको भावना त्यागी दिएको
भए कस्तो हुन्थ्यो ।
हामी सबै विश्वबासी
भैदिएको भए कस्तो हुन्थ्यो ।

 

एक मुद्रा एक अर्थनीति ल्याएर
एक भाषा, एक समाज बनाएर,
एक अर्कामा तेर्साइएका शस्त्रअस्त्रहरू
आकाश तथा समुन्द्रका काँडेबारहरू,
छिनो तथा हतौडाले तोड्दै
साझा आकाश र बराबर पानी
बाँडी दिएको भए कस्तो हुन्थ्यो ।
हामी सबै विश्वबासी
भैदिएको भए कस्तो हुन्थ्यो ।

 

स्थानः आनन्दगृह, हेटौडा, नेपाल (२००८)

 

जिन्दगी बेतोडले ।

जिन्दगी बेतोडले जिउँदै, बहिर्गमित आन्द्राहरू भित्रै कोचार्दै रक्ताम्य भुँडी सिउँदै ।

जिन्दगी बेतोडले…

जिन्दगी बेतोडले जिउँदै, बहिर्गमित आन्द्राहरू भित्रै कोचार्दै रक्ताम्य भुँडी सिउँदै ।

गोर्खेले त गजब गरेछ ।

“गोर्खेले त गजब गरेछ । लोखर्के मदमस्त छ, बेजोडले ताली पिट्दै छ ।” शुरूवाती झट्का अन्तिम सम्म कायम रहोस् । शुभकामना नेपाली क्रिकेटा ताराहरू प्रति ।

मेरी उनी होली कि नहोली?

“दिल खोली मनाऔं होली
रङ्गीबिरङ्गी रङहरू घोली
जबरजस्ती नगरौं है बोली
पछुतो पर्ला अवश्य भोली”

रङ दल्ने बहानामा नारीत्व स्पर्श गर्न पल्केकाहरू बाहेक
सबै जो वसन्त ऋतुको आगमनमा रमाईरहेका छन् लाई
फाल्गुनी पूर्णिमाको बेजोड शुभकामना । (मेरी उनी होली कि नहोली?)

चराबाट प्रोत्साहन स्वरूप सिक्नुपर्ने पाठ ।

जलवायू परिवर्तन संगै चराहरू पनि हावापानी सुहाउँदो ठाउँमा बसाई सदर्छ । अधिकांश चराहरू जब समूहमा बसाई सर्छ, हामी आकाशमा V आकारमा वा त्रिकोणीय रेखामा मिलेर उडेका पाउँछौं ।

किन चराहरू  त्रिकोणीय आकारमै बसाई सर्छ होला?

chara

फोटो कपिराईटः बिमल श्रेष्ठ “टोनी”

यस बिषयमा थुप्रै अनुसन्धानहरू भए, अहिले पनि हुदैछ । थुप्रै विश्वविद्यालयका विद्यार्थीहरूले जीवविज्ञानमा यसबारे अनुसन्धान गरे । नतिजाहरू थुप्रै निस्के, थुप्रै निस्कने क्रममा छ । 

चराहरूले वासस्थान सर्दा निकै लामो दुरी तय गर्नु पर्ने हुन्छ  । उनीहरूले निरन्तर ८ घण्टासम्म केही पनि नखाएर उडान भर्ने गर्दछ । भौतिक विज्ञानले त्रिकोणीय आकारमा उड्दा हावाको वेगलाई थेग्न धेरै हदसम्म मद्दत गर्छ भन्ने प्रमाणित गरेको छ तर चराहरू थुप्रै बर्ष अघि देखि यो कुरामा अभ्यस्त थिए । जस्ले शक्ती सन्तुलन गर्न र लामो दुरी तय गर्न चाहिने शक्ती बचाउन चराहरूमा धेरै ठूलो भूमिका खेल्छ । त्यस त्रिकोण भित्र यदि नियालेर हेर्ने हो भने समूहमा कसरी मिलेर काम गर्ने भन्ने संकेत मिल्दछ, हामी मानिसलाई । सबैभन्दा अघि नेतृत्व गर्ने केही समय पछि पछाडी जान्छ र उस्को ठाउँमा अरू कुनै एक जान्छ । एवं रितले तिनीहरू बिच स्थान परिवर्तन भैरहन्छ । यसो हुँदा अगाडी नेतृत्व गर्ने माथी (धेरै वायुचाप परेर थाक्ने हुँदा), नथाक्ने हुन्छ । पालो पालो गर्दा तय गर्नु पर्ने दुरी छोटो हुन्छ र क्षमता पनि बढ्छ भन्ने पाठ हामीले चराहरूबाट सिक्नु पर्छ ।

भौतिक विज्ञानमा जब हवाईजहाज बनाउने बारे अध्ययन शुरू भयो, चरामा केन्द्रित थुप्रै अभ्यासहरू भए । वैज्ञानिकहरूले चराले पखेटा फिजाउँदा बन्ने  आकारका आधारमा प्लेनको आविष्कार गरे, जुन त्रिकोणीय छ ।

ह्याप्पी होली ।

बिहान देखि बेलुकीसम्म एक हल गोरू धपाउँदै खेत जोतेर परिवार पाल्ने हली दाईलाई ह्याप्पी हली , दिउँसै एक स्टील बजाएर ह्वास्स सास गनाउने गरी नानाथरी बकेर हल्लिने दाईलाई ह्याप्पी हल्ली तथा अनेक थरिका रङ, अविर दलेर, पानी छ्यापाछ्याप गरी पिच्कारी हान्ने र थाहै नपाई लोला बर्साउने समस्तलाई ह्याप्पी होली । होलीको दिन शुभ रहोस् । शुभकामना ।