Category Archives: चलचित्र स्क्रिप्टहरू (Film Scripts)

दुर्लभ माया (Durlav Maya)

चलचित्र स्क्रिप्टः

“दुर्लभ माया”

(This script is dedicated to Pioneer veteran sociologist, Mr. Dor Bahadur Bista; Father of Sociology in Nepal)

दुर्लभ माया, एउटा नितान्त सामाजिक परिवेशलाई मूल आधार बनाई दर्शक सामु पस्किएको नवीनतम् फिल्म हो । यसको कथावस्तु समाजले पचाउन सक्ने गरी तयार गरिएको छ । स-परिवारले एकसाथ ढुक्कले बसेर हेर्न सकिने सामाजिक फिल्म हो ।

यो चलचित्रले समाजमा विद्यमान विकृतिलाई प्रष्ट रूपमा उजागर गर्ने प्रयास गरेको छ । छोरीचेली हूने हरेक परिवार माथि के-कस्तो समस्याहरू आईपर्दा रहेछन्, त्यसको अविच्छिन्न रूपले प्रस्तुति गरिएको छ । एउटा सानो गल्तीले एउटा छोरी प्रति बाउ-आमाको माया किन दुर्लभ हुँदो रहेछ भन्ने कुरा यसको कथावस्तुले प्रमूखताका साथ उदाङ्ग पारेको छ । छोरी मान्छेको भाग्य वास्तवमा के ले निर्क्योल गर्दो रहेछ? अभिभावकको मञ्जुरी बिना किन छोरीहरू पराई हुन बाध्य हुँदा रहेछन्? त्यस्तो कुन कुरा हो जसले छोरीमान्छे अन्तरजातीय विवाह गर्न राजी हुन्छन् । अन्तरजातीय विवाह गर्ने जोडीले समाजमा के कस्तो बाधा अड्चनहरू झेल्नु पर्दो रहेछ । रगतको नाता भन्दा भावनाको नाता बलियो भन्ने कुरा कसरी प्रष्टाईन्छ? सरकारले बनाउने दीर्घकालिन योजनाहरू असफल हुँदा समाजमा पर्ने खडेरीका कारण छोरी मान्छेहरू किन पिडित हुन्छन् । केही आध्यात्मिक कुराहरू, केही मनोरञ्जनका खुराकहरू यसमा देख्नसक्नुहुनेछ ।

पात्रहरूः

१)
२)
३)
प्रदर्शनमा आउनुभन्दा पहिले नै कथावस्तु सार्वजनिक गर्न असमर्थ रहेको जानकारी गराउन चाहन्छु र क्षमाप्रार्थी पनि छु ।