Category Archives: ठट्यौलीहरू (Humors)

नेपालमा लोडसेडिङ्ग किन?

नेपालमा लोडसेडिङ्ग किन?
****************
दुबईमा कुनै शुक्रबार रामको भेट नारायण, प्रकाश, शिव, सिताराम, हरि, विष्णु, कृष्ण तथा अन्य साथीहरूसंग नेपाली चोक (जसलाई हिजोआज पिरती डाँडा भनेर नामाकरण गरिएको छ) मा हुन्छ । त्यही क्रममा,
रामः प्रकाश तिमी यहाँ? त्यस्तो राम्रो जागिर छोडेर किन नि?
प्रकाशः नेपालमा त्यो नाथे तलबमा को काम गर्छ यार, महंगी यस्तो बढेको छ कि, जस्ले यहाँ धकेल्न बाध्य बनायो मलाई ।
नारायणः म पनि त्यही भएर मुसलमानको शरणमा छु यार नेपालको लोड सेडिङले गर्दा खोलेको कम्प्युटर पसल पनि लिलामी भो त्यसैले म पनि यहाँ ।
(सबैले आआफ्नो दुखेसो सो भेटघाटमा पोखे । त्यतिकैमा रामले हाँस्दै भन्यो ।)
रामः नेपालमा लोडसेडिङ्ग हुने प्रमूख कारण पत्ता लाग्यो नि?
सितारामः भन भन के हो त्यो?
रामः नेपाल मन्दिरै मन्दिरको देश, जहाँ पहिले भगबानहरू प्रशस्त बस्थे । अब हिजोआज ती सबै भगबानहरू यहाँ मुसलमानको देशमा आए पछि अँध्यारो हुन्न त? तिमी आफै भननः उ त्यो शिव, कृष्ण, हरि सबै यहाँ आएको छ हुँदा हुँदा प्रकाश र तेजमान पनि यहाँ आए पछि नेपाल अन्धकार हुने स्वभाविकै भै हाल्यो नि कि कसो?
सबै गलल हाँस्छन् । हा हा हा …