Category Archives: बेवारिसेहरू (Uncategorized)

जिन्दगी बेतोडले ।

जिन्दगी बेतोडले जिउँदै, बहिर्गमित आन्द्राहरू भित्रै कोचार्दै रक्ताम्य भुँडी सिउँदै ।

जिन्दगी बेतोडले…

जिन्दगी बेतोडले जिउँदै, बहिर्गमित आन्द्राहरू भित्रै कोचार्दै रक्ताम्य भुँडी सिउँदै ।

सन्दर्भः महिला दिवस ।

अंतर्राष्ट्रीय स्तरमा महिला दिवस मनाउने आह्वान जर्मनीका समाजवादी नेता क्लारा जेटकिनले  19 मार्च, 1911 मा पहिलो पल्ट गरेका थिए । यो दिवस पहिलो पल्ट सारा विश्वभर मनाइएको थियो ।  अंतर्राष्ट्रीय स्तरमा महिलालाई कामको अधिकार दिनु,  समान तलब दिनु, समान मताधिकार दिनु, सरकारी पद प्राप्त गर्न बराबर अवसर दिनु तथा लैंगिक भेदभावको तमाम कुराहरू समाप्त गर्ने मागहरू राखिएको थियो । 19 मार्चको दिन यसकारण रोजिएको थियो कि 1848 मा यही दिन पर्शियाको राजा सिद्धांततः महिलाहरूको सार्वभौम मताधिकार दिन बाध्य हुनुपरेको थियो ।

वर्ष 1913 बाट यो 8 मार्च मा मनाउन थालियो । 1857 को यही दिन न्यूयोर्कमा गारमेंट महिला मजदूरहरूले हड़ताल गरेका थिए । त्यसबेला वास्तवमा यो दिन कामदार महिला दिवस मात्र थियो । तर वर्गीय संघर्षको रुप तथा आकार दिनको लागी शुरु भएको त्यो दिन शीघ्र नै सामुदायिक संघर्षको रुप र आकार दिने दिनमा परिणत भयो । समग्र महिला समुदायको मुक्तिको लागी शोषणकारी व्यवस्थाको विरूद्ध संघर्ष र समाजलाइ प्रगतिशील-समाजवादी दिशामा संगठित गर्ने संकल्पको दिनमा बदली गयो ।

साथीभाई ।

साथीभाईले तँ, तेरो, तलाई भनेर सम्बोधन गर्दा लाग्छ तिमी, तिम्रो र तपाई भन्ने शब्दनै नेपाली शब्दकोषमा छैन कि भन्ने भान हुन्छ । आफूभन्दा ठूलोको आदर र सानोको सम्मान गर्नु हाम्रो समाजले भुल्न थालेको होकी भन्ने लाग्छ ।

जगेडा + बखेडा

जगेडाः धनधान्य, ज्ञान, शिप, बुद्धि आदिलाई जोगाएर राख्नु । (समाज स्वच्छ हुने ।)
बखेडाः धनधान्य, ज्ञान, शिप, बुद्धि आदिलाई अल्मलाएर राख्नु । (समाज दुषित हुने ।)
(जगेडा + बखेडा = झगडा)

हेर बिजोग ।

बुढेसकालमा अढेस लाउने ठाउँ बनाउन हैन कति गार्हो हो? थोपा थोपा मिलाएर कदापी समुन्द्र नबन्ने भो गाँठे । समस्याका उच्चतम तापक्रमले थोपा थोपा सुकेर गो, अघि भर्खरै कालो कुकुरले खुट्टैमा मुतेर गो । हेर बिजोग ।

शुभकामना ।

“गए है, अब आउँदिन” भन्नेहरू आँखाले माया गर्नेहरू हुन् । “गए है, फेरी फर्केर आउँछु” भन्नेहरू मनले माया गर्ने हुन् । “म जान्न, गए पनि संगै जान्छु” भन्नेहरू आत्माले माया गर्नेहरू हुन् । यो भाले मन र पोथी मन बिचको दुरीमा कहिल्यै खाडल नहोस् तथा कहिल्यै बादल नलागोस भन्ने सप्रेम कामना सहित प्रेम दिबसको शुभकामना ।

रिक्तता ।

रिक्तता र तिक्तताले भरिएको मन माजो लागेको चंगाको धागो जस्तै हो, काट्ने र कटाउने काम मात्र गर्छ ।

ठेउवा ।

म सानो छँदा, हामी यो चरालाई ठेउवा भन्थेउँ । गाउँ भरि थुप्रै नै संख्यामा देख्न सकिन्थ्यो । हिजो आज यो चरा संभवत देख्न सकिदैन । यो हाम्रो गाउँघरबाट लोप हुँदै गएको अवश्य हो । यो चरा दिनप्रतिदिन लोप हुँदै गएको किन होला? अनुसन्धानविद्हरूले केलाउन जरूरी छ । तर कस्ले गर्ने खै? (धेरै बर्षमा यहाँ मरूभूमिमा यो चरा देख्न पाउँदा खुशी लागेको सन्दर्भमा ।)

जय शम्भो ।

“महाशिवरात्रीको पावन अवसरमा सबैमा शुभकामना ।”
आजको शुभ दिनमा नै यो धरा-धाम जगतमा मानव-जाती ऐक्यीकरण गर्ने उद्देश्य हेतु व्यवहारिकता प्रदान गर्न महा-सम्भूति सदाशिव भगवानले ‘प्रथम अंतर्जातीय विवाह’ गरेर उदाहरण प्रस्तुत गर्नु भै मानव-जातीलाइ धन्य गरेको थियो l भगवान शिवले आर्य कन्या गौरवर्णा पार्वतीसंग विधिवत प्रथम विवाह (पहिले विवाह-प्रथा थिएन) गरेर विखंडित मानव-समाजमा एकताको सूत्रपात गरेको थियो जहाँ मातृगत कुल व्यवस्था तथा पितृगत कुल व्यवस्थालाइ अघि बढाउने काम भएको थियो जसलाइ शैव-विवाह भनियो जहाँ जाती-कुल आदिको बिचार गरिदैन थियो । (जय शम्भो ।)